वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये नविलले सबैभन्दा धेरै नाफा कमाएको छ। उसले ३ अर्ब ६२ करोड नाफा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ। एक वर्षको अवधिमा नविलको नाफा ८१ करोडले बढेको छ। गत वर्ष यस्तो नाफा २ अर्ब ८१ करोड थियो।
बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड रहेको छ। गत आवको नाफाबाट ३० प्रतिशत बोनस दिई बैंकले ८ अर्ब पुर्याउने योजना बनाएको छ। बैंकले १ खर्ब १८ अर्ब निक्षेप संकलन गरेको छ भने ९१ अर्ब कर्जा प्रवाह गरेको छ।
बैंकले निश्क्रिय कर्जाको दर पनि निकै घटाएको छ। अघिल्लो वर्ष यस्तो कर्जा १. १४ प्रतिशत रहेकोमा अहिले ०. ७९मा झरेको छ। प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ५४ पैसा रहेको छ। प्रतिसेयर आम्दानी भने गत वर्षभन्दा केही खस्किएको छ। गत वर्ष प्रतिसेयर आम्दानी ५९. २७ प्रतिशत रहेको थियो।
बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता साढे १६ सयभन्दा माथि छ।