सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश घोषणा गरेको छ।
बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। बैंकले पाँच प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश दिने भएको हो।
बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ। बैंकले गत वर्ष चार प्रतिशत बोनस सहित कुल ४.२१ प्रतिशत लाभांश दिएको थियो।
बैंकको सेयर अहिले दुई सय चार रूपैयाँमा कारोबार भइरहेको छ।