एनआइसी एसिया बैंकले प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन गरेको छ।
सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल प्रमुख सूचना अधिकारी बनेका छन् भने प्रमुख सञ्चालन अधिकृत तथा कम्पनी सचिव कमल खड्का प्रमुख गुनासो अधिकारी नियुक्त भएका छन्।
यी नियुक्ति बुधबारदेखि लागू भएका छन्।
ग्राहकहरूले सूचना तथा जानकारीका लागि रावललाई ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सक्नेछन्।
बैंकिङ सेवालगायत कुनै पनि गुनासोका लागि खड्कालाई ९८०१९७७९३६, ०१–५९७०१०१ वा इमेलमार्फत् सम्पर्क गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।