ओरियण्टल होटलले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले एक बराबर ०.२६ प्रतिशत हकप्रदको घोषणा गरेको हो।
ओरियण्टल होटलले काठमाडौंमा र्याडिसन होटल सञ्चालन गरिरहेकाे छ।
यसो भएमा कम्पनीको एक सय कित्ता सेयर हुनेले २६ कित्ता हकप्रद सेयरको लागि आवेदन दिन पाउनेछन्।
कम्पनीले असोज ३१ गते २८ औं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीले सभामा यो प्रस्ताव लैजाने भएको हो। यसपछि कम्पनीले धितोपत्र बोर्डबाट हकप्रद सेयर अनुमतिको लागि आवेदन दिनेछ।
त्यहाँबाट स्वीकृत भएपछि मात्रै कम्पनीले हकप्रद सेयर जारी गर्नेछ। हाल कम्पनीको चुक्तापुँजी एक अर्ब १८ करोड रूपैयाँ छ। हकप्रद जारी पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रूपैयाँ पुग्नेछ।
बजारमा कम्पनीको सेयर प्रतिकित्ता सात सय ९१ रूपैयाँमा कारोबार भइरहेको छ।