नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट (निफ्रा)को बिहीबार बसेको १७० औं सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।
कम्पनीले ६.३१५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र बैंकको साधारण सभाबाट पारित हुन बाँकी छ।
अघिल्लो बर्ष बैंकले ५.२६ प्रतिशत नगद लाभांश दिएको थियो।