हालै आइपिओ जारी गरेको हिम स्टार उर्जा कम्पनी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ।
सर्वसाधारणमा ११ लाख १९ हजार सेयर जारी गरेको कम्पनीले संस्थापक सेयर सहित ३७ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो।
कम्पनीले एक सय रूपैयाँको दरमा आइपिओ जारी गरेको थियो। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९९ रूपैयाँ १७ पैसादेखि दुई सय ९७ रूपैयाँ ५१ पैसा तोकेको छ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीहरूको नेटवर्थको आधारमा तीन गुणासम्म मूल्य दिने गरेको छ।
आइतबारबाट कम्पनीको सेयर कारोबार गर्न सकिनेछ।