१२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हाथवे इन्भेष्टमेन्टले साधारण सभा र बुक क्लोज मिति सार्वजनिक गरेको छ।
कम्पनीले भदौ २५ गते सत्रौं वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले भदौ १३ गते बुक क्लोजको लागि मिति तोकेको छ। भदौ १२ गतेसम्म कम्पनीको सेयर हुनेले लाभांश प्राप्त गर्नेछन्।
कम्पनीले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३२ प्रतिशत नगद लाभांश दिने भएको हो।
कम्पनीको प्रतिकित्ता सेयर हाल १२४४ रूपैयाँको दरमा कारोबार भइरहेको छ।