हिम स्टार ऊर्जा कम्पनीको आइपिओ बाँडफाँट भएको छ। ७७ हजार तीन सय ९२ जनाले कम्पनीको १० कित्ताको दरमा सेयर पाएका छन्। पाँच जनाले ११ कित्ताको दरमा सेयर पाएका हुन्।
यसअघि नै आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई जारी गरेको आईपीओ बाँडफाँट भइसकेको छ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल ११ लाख १९ हजार कित्ता सेयर जारी गर्न स्वीकृति पाएको थियो।
दोस्रो चरणमा सर्वसाधारणको लागि ७ लाख ७३ हजार नौ सय ७५ कित्ता जारी गरिएको थियो। कम्पनीको आइपीओ नतिजा एनआईसी एशिया क्यापिटल लिमिटेड, सीडीएससी आइपीओ रिजल्ट पोर्टल र मेरो सेयर एकाउन्टबाट हेर्न सकिन्छ।