चालु आर्थिक वर्ष २०८१/२०८२ को एघार महिनामा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको तथ्यांक अनुसार नबिल बैंकको नाफा सबैभन्दा धेरै ६ अर्ब ४० करोड रूपैयाँ पुगेको हाे।
यसपछि नाफा रकम आधारमा दोस्रो स्थानमा ग्लोबल आइएमइ बैंक छ। बैंकले ६ अर्ब ३ करोड रूपैयाँ नाफा कमाएको छ।
त्यस्तै, पाँच अर्ब ६८ करोड सहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा छ।
एभरेष्ट बैंकले चार अर्ब २४ करोड रूपैयाँ र नेपाल बैंकले तीन अर्ब सात करोड रूपैयाँ नाफा कमाएर चौंथो र पाँचौं बैंक बनेका छन्।
जेठसम्मको तथ्यांकले बैंकहरूको नाफामा सुधार भइरहेको देखिएको छ।
असार अन्त्य हुन लागेको छ।बैंकहरूको कर्जा असुलीमा सुधार भइरहेकोले यसपटक नाफा थप बढ्ने अनुमान गरिएको छ।
बैंक |
जेठ २०८२ |
जेठ २०८१ |
नबिल |
६ अर्ब ४० करोड |
६ अर्ब ३३ करोड |
ग्लोबल आईएमई |
६ अर्ब ३ करोड |
५ अर्ब ९ करोड |
इन्भेस्टमेन्ट मेगा |
५ अर्ब ६८ करोड |
४ अर्ब ३८ करोड |
एभरेस्ट |
४ अर्ब २४ करोड |
३ अर्ब ३१ करोड |
नेपाल |
३ अर्ब ७ करोड |
१ अर्ब ७ करोड |