बुधबार पनि नेप्से परिसूचक घटेको छ।
गत सोमबारदेखि घटेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।
आज नेप्से ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने बढेको छ।
मंगलबार सात अर्ब ५७ करोडको कारोबार भएकोमा बुधबार नौ अर्ब ३७ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ८० करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१४ वटा धितोपत्रको दुई करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ वटाको घटेको छ। यस्तै, एउटा कम्पनी स्थिर रहेको छ।
यसदिन समाज लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः दुई हजार ३८७ रूपैयाँ र एक हजार ३८७ रूपैयाँ ४० पैसा कायम भएको छ।
यस्तै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १४७ रूपैयाँ पुगेको छ।
बुधबार भूगोल इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७७६ रूपैयाँ ४० पैसामा झरेको छ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ५.५७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९७१ रूपैयाँ कायम भएको छ।
बुधबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ६६५ रूपैयाँमा ५८ करोड ४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३६८ रूपैयाँ २० पैसामा ५२ करोड ९९ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले घटेको छ।