मंगलबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि घटेको छ।
सोमबार आठ अर्ब ७७ करोडको कारोबार भएकोमा मंगलबार आठ अर्ब ३२ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम ४५ करोड रूपैयाँ कमी आएको हो।
आज ३१९ वटा धितोपत्रको दुई करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७८३ रूपैयाँ ४० पैसा कायम भएको छ।
यस्तै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६४७ रूपैयाँ ७० पैसा पुगेको छ।
मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४७१ रूपैयाँ ९० पैसामा झरेको छ।
यस्तै, युनियन हाइड्रोपावरको मूल्य ६.०७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३२८ रूपैयाँ कायम भएको छ।
मंगलबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ३२६ रूपैयाँमा ४४ करोड ६० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.८५ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन पावर पार्टनर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५८२ रूपैयाँमा ४० करोड ९४ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यसदिन अन्य समूहमा लगानीकर्ताको आकर्षण बढेको छ।
उक्त समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने दोस्रोमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.१८ प्रतिशतले बढेको छ।