साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार नौ अर्ब २४ करोडको कारोबार भएकोमा आइतबार आठ अर्ब ३८ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८६ करोड रूपैयाँ कमी आएको हो।
आज ३०५ वटा धितोपत्रको एक करोड ५८ लाख ५१ हजार ५८५ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ वटाको घटेको छ। यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः ६७३ रूपैयाँ २० पैसा र ३३१ रूपैयाँ १० पैसा पुगेको छ।
आइतबार सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६.५२ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १०६ रूपैयाँ कायम भएको छ।
यस्तै, सिन्धु विकास बैंकको मूल्य ५.६१ प्रतिशतले दरले घटेर प्रतिकित्ता मूल्य एक हजार २४ रूपैयाँ १० पैसामा झरेको छ।
आइतबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३४५ रूपैयाँमा ३१ करोड १४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४३ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार २५ रूपैयाँमा ९० पैसामा ३० करोड ६१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशतले बढेको छ।
यस्तै, विकास बैंक समूहको परिसूचक सर्वाधिक १.३५ प्रतिशतले घटेको छ।