सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १०.६१ अंकले घटेर २६३३.३२ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन अर्थात् आइतबार नौ अर्ब १२ करोडको सेयर कारोबार भएकोमा सोमबार आठ अर्ब ९२ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँ कमी आएको हो।
आज ३१२ वटा धितोपत्रको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ वटाको घटेको छ। यस्तै नौ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६४३ रूपैयाँ ५० पैसा पुगेको छ।
यस्तै, जानकी फाइनान्सको मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूलय ४६६ रूपैयाँ २० पैसा कायम भएको छ।
सोमबार सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.४६ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४६० रूपैयाँमा झरेको छ।
यस्तै, उपकार लघुवित्तको मूल्य ६.५० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य चार हजार २५० रूपैयाँ कायम भएको छ।
सोमबार सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १३८ रूपैयाँ ९० पैसामा २९ करोड ८३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.७३ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सप्तकोशी विकास बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४६० रूपैयाँमा २८ करोड ४१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशतले बढेको छ।
यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले घटेको छ।