सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
गत बिहीबारदेखि घट्न सुरू गरेको नेप्सेले यस दिन पनि निरन्तरता पाएको हो।
सोमबार नेप्से १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ।
गत कारोबार दिन अर्थात् आइतबार तीन अर्ब ९९ करोडको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ६५ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ६६ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३२२ वटा धितोपत्रको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ वटाको घटेको छ। यस्तै पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले दरले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९६० रूपैयाँ ३० पैसा कायम भएको छ।
यस्तै, सुपर मादी हाइड्रोपावरको मूल्य ८.८७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५०९ रूपैयाँ पुगेको छ।
सोमबार आत्मनिर्भर लघुवित्त र सिन्धु विकासको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः पाँच हजार ६२४ रूपैयाँ ९० पैसा र एक हजार ७० रूपैयाँ १० पैसा कायम भएको छ।
सोमबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १३५ रूपैयाँमा ४५ करोड २५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा न्यादी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६५० रूपैयाँमा २८ करोड २७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशतले घटेको छ भने दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक १.३६ प्रतिशतले घटेको छ।