नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार सात कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेमा हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, कालिका पावर कम्पनी, लुम्बिनी विकास बैंक, मेरो माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र सूर्योदय वोमी लघुवित्तको मूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरूको बुक क्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले हिमालयन डिष्टिलरीको १५ प्रतिशत, कालिका लघुवित्तको ९.५ प्रतिशत र कालिका पावरको ७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो।
त्यस्तै, लुम्बिनी विकास बैंकको ३ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ७.५ प्रतिशत, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको १.८७ प्रतिशत र सूर्योदय वोमी लघुवित्तको ६ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको हो।
समायोजनपछि हिमालयन डिष्टिलरीको सेयरमूल्य एक हजार १८३ रूपैयाँ ४८ पैसा, कालिका लघुवित्तको मूल्य एक हजार चार रूपैयाँ ५७ पैसा, कालिका पावरको ५०३ रूपैयाँ ७४ पैसा, लुम्बिनी विकास बैंकको ४६६ रूपैयाँ ०२ पैसा, मेरो माइक्रोफाइनान्सको ६८० रूपैयाँ ९३ पैसा, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको ५५४ रूपैयाँ ६५ पैसा र सूर्योदय वोमी लघुवित्तको ७१४ रूपैयाँ ४३ पैसा कायम भएको छ।
बिहीबार दोस्रो बजारमा हिमालयन डिष्टिलरीको एक हजार ३६१ रूपैयाँ, कालिका लघुवित्तको एक हजार एक सय रूपैयाँ, कालिका पावरको ५३९ रूपैयाँ, लुम्बिनी विकास बैंकको ४८० रूपैयाँ, मेरो माइक्रोफाइनान्सको ७३२ रूपैयाँ, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको ५६५ रूपैयाँ र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य ७५७ रूपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आइतबारबाट यी सबै कम्पनीको दास्रो बजारमा कारोबार खुल्नेछ।