मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से १७.८० अंकले बढेर २७७५.८५ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ।
गत कारोबार दिन अर्थात् सोमबार १० अर्ब ५४ करोडको सेयर कारोबार भएकोमा मंगलबार ८ अर्ब ५२ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब २ करोड रूपैयाँ कमी आएको हो।
आज ३०७ वटा धितोपत्रको एक करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटाको घटेको छ। यस्तै पाँच कम्पनीको स्थिर रहेको छ।
यसदिन चार जलविद्युत कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
दिव्यश्वरी हाइड्रोपावर र इङ्गवा हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ भने खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यस्तै, अपर स्याङ्गे हाइड्रोपावरको मूल्य सर्वाधिक ९.५१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७९० रूपैयाँ कायम भएको छ।
दोस्रोमा जानकी फाइनान्सको मूल्य ६.१८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८९० रूपैयाँमा झरेको छ।
मंगलबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ३१४ रूपैयाँमा २६ करोड ७४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.६५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८९० रूपैयाँमा २६ करोड ५१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी छ समूहको परिसूचक घटेको छ।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ५.९६ प्रतिशतले बढेको छ।
दोस्रोमा जलविद्युत समूहको परिसूचक १.८५ प्रतिशतले बढेको छ।