साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक घटेको छ।
नेप्से ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
गत कारोबार दिन अर्थात् बुधबार ९ अर्ब ३१ करोडको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७७ करोड रूपैयाँ कमी आएको हो।
आज ३०७ वटा धितोपत्रको एक करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ।
यस दिन विशाल बजार र विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः पाँच हजार ४४५ रूपैयाँ र दुई हजार ८५४ रूपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, मानुषी लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार २४९ रूपैयाँ ३० पैसा कायम भएको छ।
दोस्रोमा अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ८.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८१० रूपैयाँ १० पैसामा झरेको छ।
बिहीबार एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ६८२ रूपैयाँ ९० पैसामा ३१ करोड आठ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.९४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार पाँच सय रूपैयाँमा २९ करोड ७४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ९.२५ प्रतिशतले बढेको छ।
दोस्रोमा विकास बैंक समूहको परिसूचक १.०५ प्रतिशतले बढेको छ।