करिब डेढ दशक अघिबाट स्थानीय स्तरमा रहेका स्रोतसाधनको लाभ त्यहाँका जनताले समेत पाउनु पर्छ भन्ने उद्देश्यले त्यस्ता स्रोतसाधनको प्रयोग गर्ने कम्पनीहरूले सेयर जारी गर्नै पर्ने व्यवस्था गरियो।
पहिलो चरणमा विसं २०६७ मा चिलिमे जलविद्युत आयोजनाले स्थानीय सहित सर्वसाधारणमा सेयर जारी गर्यो।
कम्पनीले लगानीकर्ताहरूलाई हालसम्म वार्षिक १५ प्रतिशतदेखि ७० प्रतिशतसम्म लाभांश दिएको छ।
सेयर जारी गर्नैपर्ने नीतिले अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सबैभन्दा धेरै कम्पनी सूचीकृत हुने समूह जलविद्युत समूह नै भएको छ। नेप्सेमा हाल ९१ वटा जलविद्युत कम्पनी सूचीकृत छन्।
समग्र बजार पुँजीकरणका आधारमा पनि यो क्षेत्र दोस्रो स्थानमा छ। पहिलो स्थानमा वाणिज्य बैंक समूह छ।
बजारमा उल्लेख्य संख्यामा जलविद्युत कम्पनी थपिए पनि मूल्य परिवर्तनको आधारमा बाहेक यी कम्पनीहरूबाट भने लगानीकर्ताहरूले खासै प्रतिफल पाउन सकेका छैनन्।
अहिले बजारमा सूचीकृत ९१ कम्पनीमा ५१ वटाबाट लगानीकर्ताले प्रतिफलको नाममा केही पनि प्राप्त गर्न सकेका छैनन्।
यी ५१ मध्ये केही कम्पनी नौ वर्षदेखि सेयर बजारमा कारोबार भइरहेका छन्।
यी ५१ बाहेक पनि केही कम्पनी बजारमा २० वर्षदेखि कारोबार भइरहे पनि एक पटक मात्रै लाभांश दिएका कम्पनी पनि छन्।
केही कम्पनीले वर्षौपछि दुई, तीनदेखि १० प्रतिशतभन्दा कम प्रतिफल दिएका पनि छन्।
तर, पनि यस्ता कम्पनीहरूको सेयर मूल्य २१७ रूपैयाँदेखि दुई हजार पाँच सय रूपैयाँसम्ममा कारोबार भइरहेका छन्।
हालसम्म लाभांश नै नदिएका कम्पनीको समेत उच्च मूल्यमा सेयर कारोबार भइरहेको छ। यस्तोमा लगानीकर्ताले मूल्य परिवर्तनको कारणले मात्रै लाभ पाउँछन्।
तुलनात्मक रूपमा कम पुँजी भएकोले यस्ता कम्पनीको निकै कम सेयर बजारमा सूचीकृत भएको हुन्छ। यस्ता कम्पनीको सेयर होल्ड गरेर मूल्य घटबढ गर्न सकिने भएकोले पनि यस्ता कम्पनीको मूल्य बढ्ने र लगानीकर्ताहरू पनि आकर्षित हुने ब्रोकरहरू बताउँछन्।
उदाहरणकै रूपमा हेर्ने हो भने अहिले बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर दुई हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। कम्पनी गत आर्थिक वर्ष २०८०/८१ मा एक करोड ५० लाख रूपैयाँ नाफामा छ।
कम्पनीले नाफाबाट सबै रकम वितरण गरेका ८ प्रतिशत लाभांश दिन सक्छ। किनभने कम्पनीको चुक्ता पुँजी १२ करोड रूपैयाँ मात्र छ। कम्पनीको सञ्चिति तथा जगेडामा भने सात करोड रूपैयाँ छ। हुनतः यसमध्येबाट केही रकम लाभांश दिन प्रयोग गर्न भने मिल्छ।
अहिलेसम्म प्रतिफल दिन नसकेका हाइड्रोपावर कम्पनी
कम्पनी | सेयर सूचीकरण मिति |
सान्जेन हाइड्रोपावर | साउन २०७६ |
रसुवागढी हाइड्रो | साउन २०७६ |
अप्पर तामाकोशी | पुस २०७५ |
मध्य भोटेकोशी जलविद्युत | मंसिर २०७८ |
दोर्दी खोला जलविद्युत | असार २०७९ |
दिश्यश्वरी हाइड्रोपावर | फागुन २०७३ |
न्यादी हाइड्रोपावर | भदौ २०७३ |
खानी खोला हाइड्रो | पुस २०७३ |
घलेम्दी हाइड्रो | फागुन २०७५ |
हिमालय उर्जा | वैशाख २०७६ |
आँखु खोला जलविद्युत | पुस २०७५ |
शुभम पावर | चैत २०७९ |
नेपाल हाइड्रोपावर डेभलपर्स | कात्तिक २०७४ |
हिमालयन पावर पार्टनर | साउन २०७४ |
छ्याङ्दी हाइड्रोपावर | साउन २०७४ |
जोशी हाइड्रोपावर | पुस २०७५ |
बाराही हाइड्रोपावर | पुस २०७९ |
माउन्टेन हाइड्रोपावर | चैत २०७५ |
पञ्चकन्या माइ हाइड्रोपावर | असोज २०७५ |
युनियन हाइड्रोपावर | जेठ २०७६ |
राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन | भदौ २०७९ |
हिमाल दोलखा हाइड्रोपावर | माघ २०७६ |
माया खोला हाइड्रोपावर | फागुन २०७९ |
शिव श्री हाइड्रोपावर | कात्तिक २०७७ |
अप्पर सोलु हाइड्रो | साउन २०७९ |
इष्टर्न हाइड्रोपावर | मंसिर २०७९ |
अप्पर स्याँङ्गे हाइड्रोपावर | साउन २०८० |
ग्रिन लाइफ हाइड्रोपावर | चैत २०७८ |
रिभर फल्स हाइड्रोपावर | चैत २०७७ |
बुद्ध भूमी हाइड्रोपावर | माघ २०७८ |
सिंगटी हाइड्रोपावर | वैशाख २०७८ |
भुगोल इनर्जी डेभलपमेन्ट | जेठ २०८० |
थ्री स्टार हाइड्रोपावर | साउन २०८० |
लिबर्टी इनर्जी कम्पनी | असोज २०७७ |
अप्पर हेवा खोला हाइड्रो | साउन २०७९ |
हिमालयन हाइड्रोपावर | साउन २०७९ |
माथिल्लो मैलुङ हाइड्रोपावर | कात्तिक २०८० |
तेह्रथुम पावर कम्पनी | कात्तिक २०७८ |
बलेफी हाइड्रोपावर कम्पनी | जेठ २०७९ |
पिपुल्स पावर कम्पनी | असोज २०७९ |
सामलिङ पावर कम्पनी | मंसिर २०७८ |
स्वेत गंगा हाइड्रोपावर | साउन २०७९ |
एसियन हाइड्रोपावर | चैत २०७९ |
पिपुल्स हाइड्रोपावर | मंसिर २०७९ |
मोलुङ हाइड्रोपावर | चैत २०७९ |
मकर जितु माया हाइड्रोपावर | वैशाख २०८० |
मोदी इनर्जी लिमिटेड | असार २०८० |
रावा इनर्जी | असार २०८० |
डोल्ती पावर | जेठ २०८० |
मेन्छियाम हाइड्रोपावर | जेठ २०८० |
मनकामना इन्जिनियरिङ हाइड्रोपावर | असोज २०८० |
याे पनि: विद्युत उत्पादन नै नथालेका जलविद्युत कम्पनी कसरी देखिन्छन् नाफामा?