तिहारअघि दोहोरो अंकले करेक्सन भएर नेप्से बन्द भएको छ।
तिहारअघिको अन्तिम कारोबार अर्थात् बुधबार बजारमा १४.४३ अंकले घटेर बजार बन्द भएको हो।
बजारमा करेक्सन देखिए पनि कारोबार रकम भने ५ अर्ब ९५ करोड पुगेको छ। मंगलबार ४६.६९ अंकले बजार बुद्धि हुँदा पनि कारोबार रकम भने ६ अर्ब १२ करोड रुपैयाँ मात्र थियो।
बुधबार ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घट्यो भने ५ वटाको स्थिर रहदा एक करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेच भएको छ।
बुधबार सबैभन्दा धेरै सिएचडिसी हाइड्रोपावरको ३४ करोड र सानिमा जिआइसी इन्स्योरेन्सको २६ करोडको सेयर किनबेच भएको छ।
आज गुरास लघुवित्त, मिड सोलु हाइड्रोपावरको सेयर मूँल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै जानकी फाइन्नास र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानिकर्ताले सर्वाधिक गुमाएका छन्।
सोमबार र मंगलबार गरि दुई दिनमा नेप्से परिसूचक ७४.१ प्रतिशत बढेको थियो।