समता घरेलु लघुवित्त कम्पनीको आजबाट थप सेयर निष्कासन (एफपिओ) खुला भएको छ।
कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँको दरमा तीन लाख ५० हजार ९०४ कित्ता सेयर निष्कासन गरिरहेको हो।
हाल सेयर बजारमा भने कम्पनीको प्रतिकित्ता सेयर आठ सय ५२ रूपैयाँमा कारोबार भइरहेको छ।
कम्पनीको सेयरमा १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन पाइन्छ।
कम्पनीको एफपिओ निष्कासनमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेको छ।
बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था छ। यही अनुपात मिलाउन कम्पनीले थप सेयर निष्कासन गरेको हो।
सेयर निष्कासनसँगै कम्पनीको संस्थापकहरूसँग ६९.४८ प्रतिशत र सर्वसाधारणमा ३०.५२ प्रतिशत सेयर स्वामित्व पुग्ने छ।
हाल कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय ३० रूपैयाँ ९७ पैसा र प्रतिसेयर आम्दानी ६ रूपैयाँ ३० पैसा छ।