साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ।
यसदिन नेप्से ९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको छ।
आइतबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार पाँच अर्ब ४१ करोडको कारोबार भएकोमा यसदिन चार अर्ब ७३ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६८ करोड रूपैयाँ कमी आएको हो।
आज ३२० वटा धितोपत्रको एक करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, रिभर फल्स पावर, माइ खोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने समृद्धि फाइनान्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यस्तै, नेपाल एसबिआई बैंकको मूल्य सर्वाधिक ६.७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४९४ रूपैयाँमा झरेको छ।
प्राइम कमर्सियल बैंकको मूल्य ४.१७ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य २७७ रूपैयाँ ९० पैसा कायम भएको छ।
आइतबार आइसिएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ८०१ रूपैयाँमा १० पैसामा करोड ३२ लाख ६४ हजार को सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.८३ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल एसबिआई बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४९४ रूपैयाँमा २१ करोड ६२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.९५ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक सर्वाधिक १.३० प्रतिशतले घटेको छ।