मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेको छ।
यसदिन नेप्से १.०१ प्रतिशतले घटेर २६६३.३२ विन्दुमा बन्द भएको छ।
मंगलबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन अर्थात् सोमबार सात अर्ब नौ करोडको कारोबार भएकोमा यसदिन चार अर्ब ५९ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ५० करोड रूपैयाँ कमी आएको हो।
आज ३०० वटा धितोपत्रको एक करोड तीन लाख ३० हजार ५०२ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ३७ रूपैयाँ ३० पैसा कायम भएको छ।
यसैगरी, बुटवल पावर कम्पनीको मूल्य ६.८३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४८५ रूपैयाँ पुगेको छ।
यस्तै, इष्टर्न हाइड्रोपावरको मूल्य सर्वाधिक ८.५० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८२१ रूपैयाँमा झरेको छ।
बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य ७.२४ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४६१ रूपैयाँ कायम भएको छ।
मंगलबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३०२ रूपैयाँमा २७ करोड १७ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४२७ रूपैयाँमा २३ करोड ९७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशतले बढेको छ भने दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक १.९३ प्रतिशतले घटेको छ।