नेपाल राष्ट्र बैंकले ९ प्रतिशत वार्षिक व्याजदर दिनेगरी नागरिक बचतपत्र निश्कासन गरेको छ।
५ वर्षे अवधिको यो बचतपत्र २०८० मा अवधि समाप्त हुनेछ। कुल २ अर्ब रुपैयाँको बचत पत्र निश्कासन हुन लागेको राष्ट्र बैंकले जनाएको छ।
इच्छुक नेपाली नागरिकले कम्तीमा १० हजार रुपैयाँको त्यसभन्दा बढी १० हजारले भाग जाने अंकमा यस्तो बचतपत्र खरिद गर्न सक्नेछन्। बचत पत्र खरिद गरेवापत लगानीकर्ताले ६/६ महिनामा ९ प्रतिशतका दरले व्याज पाउने छन्।
यस्तो बचतपत्र अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन पनि सकिनेछ।
जेठ २२ गतेसम्म बिक्री खुल्ला भएको छ। नजिकका जुनसुकै बैंक तथा वित्तीय संस्थामा गई फारम भर्न पाइनेछ।
२०८० जेठ २८ गते सम्पूर्ण साँवा रकम फिर्ता हुनेछ। व्याजदर भने ६÷६ महिनामा बैंक खातामा जम्मा हुनेछ।