मुक्तिनाथ विकास बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेललाई नियुक्त गरेको छ।
यसअघि उनी सो बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थिए। बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव संगालेका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन्।
बैंक संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराए।
वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो करियर सुरु गरी १९ वर्ष उक्त बैकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरे। सो पश्चात उनले ६ वर्ष मेगा बैंकमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ देखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहँदै आएका थिए।
यसैबीच बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको ऐतिहासिक तथा पुरानो वीर अस्पतालको सरसफाईको लागि. १ लाख आर्थिक सहयोग गरेको छ। उक्त सहयोग रकम धुर्मुश सुन्तली फाउन्डेशन मार्फत फाउन्डेशनका अध्यक्ष
सिताराम कट्टेल(धुर्मुश) लाई बैंकका संचालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले प्रदान गरे।