सोमबार नेप्से दश अंकले झरेको छ। १०. २८ अंकले ओर्लिएर नेप्से १३३८ मा कायम भएको छ।
१६३ कम्पनीको ४२ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ।
यस दिन होटल, उत्पादन र अन्यबाहेकका समूह घटेका छन्। होटल ८, उत्पादन २५ तथा अन्य समूह ३ अंकले बढे। बैंकिङ १०, व्यापार २, विकास बैंक २६, जलविद्युत १५, फाइनान्स ७, बिमा ६९ तथा माइक्रोफाइनान्स २२ अंकले ओर्लिए।
कारोबारका आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रह्यो। ६ करोड ४७ लाखको कारोबार भएको कम्पनीको मूल्य प्रतिकित्ता ३३५ कायम भएको छ।
सिद्धार्थ इन्स्योरेन्सको २ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भयो। करोडमाथि कारोबार हुनेमा नविल बैंक संस्थापक, बुटवल पावर कम्पनी, इन्भेष्टमेन्ट तथा सानिमा बैंक रहे।
हिमालयन डिस्टिलरीको सेयर मूल्य ९.९ प्रतिशतले बढ्यो। उन्नती माइक्रोफाइनान्सको ७ प्रतिशतले बढ्दा अन्य कमाउनेको वृद्धिदर ३ प्रतिशतमुनि रह्यो।
किसान माइक्रोफाइनान्सका लगानीकर्ताले ५.७ तथा भार्गव विकास बैंककाले ५. २ प्रतिशतले मूल्य गुमाएका छन्। आजको कारोबारपछि बजारको पुँजीकरण १५ खर्ब ७० अर्ब कायम भएको छ।