जनता बैंकको लमजुङ जिल्लामा दोर्दी शाखा खुलेको छ।
प्रदेश नंं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गरुङले एक समारोहकाबीच शाखाको उद्घाटन गरे। बैंक संचालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले दोर्दीमा खुलेको शाखाले प्रत्येक गाउँपालिकामा बैंक शाखा पु¥याउने सरकारको नीतिलाई सहयोग पुगेको बताए।
कार्यक्रममा प्रदेश सभा सांसद मायानाथ अधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ, बैंक संचालक रामबहादुर भण्डारी र बिनित अग्रवाल, संचालक समितिका पूर्व अध्यक्ष उदय नेपाली श्रेष्ठ लगायतको उपस्थिति थियो।
सो अवसरमा समिति अध्यक्ष रायमाझीले बैंकको सहयोग लिई जीवनस्तर उकास्न सर्वसाधारणलाई आग्रह गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले ग्रामिणतहसम्म बैंकिङ सेवा पुर्याउने लक्ष्यअनुसार शाखा खोलिएको बताए। शाखाको सहयोगबाट उनले यस क्षेत्रका सर्वसाधारणमा उद्यमशीलता बढ्न जाने विश्वास व्यक्त गरे।
शाखा उद्घाटनकै अवसरमा दोर्दी गाउँपालिका परिसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्यो। अल्का अस्पताल जावलाखेलको प्रविधिक सहयोगमा स्त्री तथा प्रसुती रोग, नाक/कान/घाटी र सामान्य स्वास्थ्य परिक्षणको शिविर संचालन गरिएको बैंकले जनाएको छ। सो अवसरमा ३२४ जना विरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए।
नेपाल नेत्र ज्योति संघ तथा हिमालय आँखाअस्पताल पोखराको प्रविधिक सहयोगमा सोही स्थानमा बैशाख २८, २९ र ३० गते ३ दिने बृहत आँखा शिविर संचालन गरिएको बैंकले जनाएको छ।