नेपाल इन्भेष्टमेन्ट बैंकले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा चारवटा शाखा संचालनमा ल्याएको छ।
दोलखाको बिगू गाउँपालिकास्थित सिंगटी, पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित राँके, नुवाकोटको सूर्यगढी गाउँपालिकास्थित चोकदे तथा रामेछापको लिखू तामाकोशी गाउँपालिका धोवीबजारस्थित लिखूमा बैंकले शाखा संचालनमा ल्याएको हो।
त्यस्तै रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खुलेको छ। यीसँगै बैंकको शाखा संख्या ७० पुगेको छ भने एक्स्टेन्सन काउन्टर पाँचवटा पुगेको छ।
हाल प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३४ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ७ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा रहेको छ।
नौ वटा यातायात सम्बन्धी राजश्व संकलन केन्द्र खोलेको बैंकले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकले जनाएको छ।
निजी क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १० अर्ब ६४ करोड रुपैयाँ रहेको बैंकको चैत मसान्तको वित्तीय विवरण अनुसार निक्षेप १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी .१ सय १८ अर्ब रुपैयाँ पुगेको छ।