एक साताको अवधिमा सेयर बजारको परिसूचक (नेप्से) ४४ अंकले बढेको छ। गत साता १४९३ अंकमा बन्द भएको नेप्सेले १५३७ अंक बनाउँदै यो सातालाई विदाई गरेको छ।
प्रतिनिधी तथा प्रदेश सभाको चुनावमा मुलुक होमिँदा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो। चुनावपछि मुलुकमा राजनीतिक स्थायित्व हुने लगानीकर्ताको अपेक्षा छ। बजारको पुँजीकरण १७ खर्ब ८६ अर्ब पुगेको छ।
यो साता सोमबार बजार रातो अंकमा बन्द भए पनि कारोबार भएका अरु सबै दिन हरियो अंकमा रह्यो। आइतबार एकै दिन २१ अंकले बढेको नेप्से, सोमबार १ अंकमुनि रातो रह्यो। मंगलबार १०, बुधबार १२ तथा बिहीबार १ अंकले नेप्से बढेको हो।
यो साता कारोबार रकमका आधारमा चिलिमे, नेपाल बैंक, बुटवल पावर, नेपाल टेलिकम, युनाइटेड इन्स्योरेन्स लगायत कम्पनी अगाडि रहे।