नेपाली वाङ्मयको श्रीवृद्धि गर्ने प्रमुख उद्धेश्यसहित स्थापित नइ एकेडेमी अस्ट्रेलियामा पनि खुलेको भएको छ।
नेपाली वाङ्मयको उत्थानका साथै यस विषयको अस्ट्रेलियन जनतामा समेत परिचित गराउने हेतुका अतिरिक्त नेपाल तथा अस्ट्रेलियाका विविध समुदायबीच सद्भाव बढाउनका लागि पनि नइ एकेडेमी स्थापना भएको हो।
नइ एकेडेमी अस्ट्रेलियाको संस्थापक समितिमा ६ जना चयन गरिएको छ। जसको अध्यक्षमा सीमा रोसी, उपाध्यक्षमा सम्झना उप्रेती, महासचिवमा प्रणाव विक्रम थापा, कोषाध्यक्षहरूमा इन्दिरा भट्ट, सन्तोष सापकोटा र रनिशा गौतम थापालगायत छन्।
त्यस्तै, सल्लाहकारहरूमा अभिनन्दन शर्मा, दिला खरेल संयोजक जेनन नेपाल, सचिवमा जेनीसा गौतम, सहायक सचिवमा यास्मीन श्रेष्ठ, लजीस्टिक व्यवस्थापनमा साजन भण्डारी लगायत सदस्यहरूमा, सन्तोष आचार्य, मनोज केसी, दिपेन्द्र भण्डारी लगायत रहेका छन् ।
अस्ट्रेलियामा भएका साहित्य, कला, संस्कृतिमा आबद्ध वाङ्मयकर्मीलाई 'नइ एकेडेमी अस्ट्रेलिया'ले संस्थामा सहभागिताका लागि आह्वान समेत गरेको छ।