नेपाली हिपहपका सुपरस्टार नवाज अन्सारीको बहुप्रतिक्षित ‘साम्राज्य टुर सिड्नी’ कार्यक्रम सकिएको छ।
५ अगस्टमा यु.एन.एस.डब्लु.को राउण्ड हाउसमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रमलाई मोक्ष इभेन्ट्स एण्ड इन्टरटेन्टमेन्टले आयोजना गरेको थियो।
करिब २००० बढी दर्शकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
यो कार्यक्रम सिड्नीको हिपहप इतिहासमै अहिलेसम्मकै सबभन्दा ठूलो नेपाली हिपहप इभेन्टको रूपमा चिनिएको आयोजकको दाबी छ।
नवाज अन्सारीको दमदार र्याप, ऊर्जाशील स्टेज उपस्थिति र सशक्त प्रस्तुतिले दर्शकहरूलाई झुमाएको थियो। साथै, सिड्नीका उत्कृष्ट स्थानीय कलाकारहरू र डान्स क्रूहरूले कार्यक्रमलाई अझ विशेष बनाएका थिए।
नवाज अन्सारी साम्राज्य टुर अस्ट्रेलियाको सम्पूर्ण व्यवस्थापन विशिका फिल्मले गरेको थियो।
कार्यक्रम मेलबर्न, ब्रिसबेन र सिड्नीमा भएको थियो।