यस वर्षका दुई बहुप्रतिक्षित भारतीय फिल्महरू 'कुली' र 'वार २' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन्।
रजनीकान्त अभिनित 'कुली' र ऋतिक रोशन तथा जूनियर एनटीआर अभिनित 'वार २' दुवै फिल्मले गरेर ४ दिनमा विश्वव्यापी रूपमा ६३२ करोड भारू कमाइ गरेका हुन्।
गत बिहीबार एकै दिन प्रदर्शनमा आएका यी फिल्महरूबीच ठूलो प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। यद्यपि, व्यापारमा 'कुली' ले पहिलो दिनदेखि नै अग्रता कायम राख्दै आएको छ।
'कुली' ले विश्वभरबाट आइतबारसम्म ३७५ करोड भारू कमाउँदा 'वार २' ले लगभग २५७ करोड भारू कमाएको जनाइएको छ। कुल कमाइमा 'कुली' को हिस्सा लगभग ६० प्रतिशत छ।
यी दुवै फिल्म नेपालका सिनेमा हलमा पनि प्रदर्शन भइरहेका छन्।