बलिउड जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा आमाबुवा बनेका छन्।
कियाराले मंगलबार साँझ मुम्बइको एक अस्पतालमा आफ्नो पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन्। बुधबार सिद्धार्थ र कियाराले आफूहरू आमाबुवा बनेको इन्स्टाग्राममार्फत आधिकारिक घोषणा गरेका छन्।
सामान्य प्रसवपछि छोरीलाई जन्म दिएकी कियारा र नवजात शिशु दुवैको स्वास्थ्य राम्रो रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।
सन २०२१ को हिट फिल्म 'शेरशाह' को छायांकनका क्रममा सिद्धार्थ र कियारा नजिक भएका थिए। उनीहरूले फेब्रुअरी २०२३ मा विवाह गरेका थिए।
यस वर्षको सुरूमा मेट गालामा कियाराले एक यादगार स्टाइल स्टेटमेन्ट दिइन्, कस्टम गौरव गुप्ताको गाउनमा आफ्नो बेबी बम्पलाई सुन्दर ढंगले प्रस्तुत गरेकी थिइन्।
यो जोडीको आगामी फिल्मबारे कुरा गर्दा कियारा ऋतिक रोशन र जुनियर एनटीआरसँग 'वार २' मा काम गर्दैछिन्। त्यस्तै, सिद्धार्थ जान्हवी कपूरसँग 'परमसुन्दरी' को छायांकन गर्दैछन्।