अक्षय कुमार अभिनीत फिल्म 'हाउसफुल ५' ले पाँच दिनमा १ सय १६ करोड भारू कमाएको छ। फिल्मले मंगलबारसम्म भारतमा उक्त कमाइ गरेको हो।
दर्शकमाझ प्रतीक्षित यो फिल्मले २४ करोड ३५ लाख भारूको ओपनिङ गरेको थियो।
दोस्रो दिन शनिबार ३२ करोड ३८ लाख, आइतबार ३५ करोड १० लाख, सोमबार १३ करोड १५ लाख कमाएको फिल्मले मंगलबार ११ करोड ७० लाख भारू कमाएको हो।
'हाउसफुल ५' मा अक्षयसहित अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नान्डे, सञ्जय दत्त, नाना पाटेकर, ज्याकी श्राफलगायत कलाकारहरूको अभिनय छ।
तरूण मनसुखानी निर्देशित फिल्मको निर्माता साजिद नाडियाडवाला हुन्।
हास्य विधाको यो फिल्मले नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ।