बलिउड फिल्म 'हेरा फेरी ३' पछिल्लो समय चर्चामा छ।
अभिनेता परेश रावलले फिल्म छाडेपछि निर्माता उनीसँग निराश छन्। यसैबीच नयाँ अभिनेताको खोजी भइरहेको छ।
सामाजिक सञ्चालमा बाबू भैयालाई लिएर केही सुझाव आइरहेको छ। यतिबेला बाबु भैयाको भूमिका कसले निर्वाह गर्न सक्छन् भनेर चर्चा भइरहेको छ। जसमा पहिलो नाम अभिनेता पंकज त्रिपाठीको आएको छ। पंकजले यस्तै खाल्को भूमिका निर्वाह गरिसकेका छन्।
अभिनेता पंकजले भने आफू यस भूमिकाको लागि योग्य नभएको बताएका छन्। 'मैले यो कुरा सुनें। मलाई यसमा विश्वास लागिरहेको छैन। परेशजी एक अद्भुत अभिनेता हुन्। म उनको सामू शून्य छु। म उनको निकै सम्मान गर्छु। मलाई लाग्दैन कि म यो भूमिकाको लागि सही व्यक्ति हुँ,' उनले भारतीय सञ्चारमाध्यम दैनिक जागरणसँग भनेका छन्।