बलिउड अभिनेता सुनील शेट्टीको तीन दशकको करियरमा जेपी दत्ताको फिल्म 'बोर्डर' ले गहिरो प्रभाव पारेको छ।
यो फिल्मलाई मात्र नभई सुनीलको भूमिकालाई पनि दर्शकले निकै रूचाएका थिए। तर सुनीलले पहिला यो फिल्म अस्वीकार गरेका थिए। उनले जेपी दत्ताको रिसको बारेमा जानकारी पाएका थिए।
सुनीलले भारतीय सञ्चारमाध्यम आजतकसँग भनेका छन्, 'मैले बोर्डरको अफर अस्वीकार गरेको थिएँ। किनकी जेपी दत्ता रिसालु छन् भनेर थाहा पाएको थिएँ। यदि उनलाई रिस उठ्यो भने म पनि थप्पड हान्दिन्छु। म पनि रिसालु नै छु। म कसैसँग आफ्नो सम्बन्ध खराब गर्न चाहन्थे।'
उनले थप्दै भने, 'जेपी यति जिद्दी थिए कि उनी जसरी पनि मलाई भैरव सिंहको भूमिकामा लिन चाहन्थे। उनले मेरो सासुआमालाई समेत फोन गरेका थिए। सासुआमाले सम्झाएपछि मैले फिल्मको लागि हुन्छ भनेको थिएँ। तर मैले एउटा सर्त राखेको थिए कि यदि छायांकनको क्रममा मलाई गाली दिएभने म फिल्म छाड्छु। तर हाम्रो सम्बन्ध यस्तो राम्रो भयो कि हामी साथी भयौं।'
यो फिल्म सन् १९९७ मा रिलिज भएको थियो। हाल यसको सिक्वेलमा काम भइरहेको छ।