पछिल्लो समय बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनयको क्षेत्रबाट टाढिएकी छन्।
उनी सात वर्षपछि कमब्याक गर्दैछिन्। पाँच वर्षदेखि उनी स्पोर्ट्स बायोपिक फिल्म 'चकदा एक्सप्रेस' मा काम गरिरहेकी छन्।
यो फिल्म पूर्व क्रिकेटर झूलन गोस्वामीको बायोपिक हो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार अनुष्काले डिसेम्बर २०२२ मा फिल्मको छायांकन पुरा गरेकी थिइन्। फिल्मको केही भिएफएक्सको काम बाँकी थियो। जसले गर्दा फिल्म २०२३ सम्म प्रदर्शन गरिने बताइएको थियो। तर अहिलेसम्म फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन।