बलिउड अभिनेता शाहरूख खानको आगामी फिल्म 'किङ' को छायांकन रोकिएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार भारत र पाकिस्तानबीच चलिरहेको तनावको कारण फिल्मको छायांकन रोकिएको हो। यो फिल्म १६ मेदेखि छायांकनमा जाने बताइएको थियो। तर निर्माण टिमले अहिललाई फिल्मको छायांकन रोकेका छन्।
यो फिल्म २०२६ को क्रिसमसमा रिलिज गरिने बताइएको छ। अहिलेलाई फिल्मको छायांकन रोकिए पनि प्रदर्शनमा असर नपर्ने देखिएको छ।
यो एक एक्सन थ्रिलर फिल्म हुनेछ।
सुजोय घोषले निर्देशन गर्ने लागेको फिल्ममा शाहरूख आफ्नी छोरी सुहाना खानसँग देखिँदैछन्। साथै अभिनेता अरशद वारसीको पनि मुख्य भूमिका रहनेछ।
यो फिल्म शाहरूख खानको होम प्रोडक्सन रेड चिलीज इन्टरटेनमेन्टले निर्माण गर्नेछ। फिल्मको बजेट २०० करोड भारू छ।