बलिउड अभिनेता अजय देवगनको फिल्म 'रेड २' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार 'रेड २' यो वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ। यो फिल्मले ११ दिनमा १३० करोड भारू कमाएको छ।
यसैवर्ष रिलिज भएको सलमान खानको फिल्म 'सिकन्दर' ले भारतीय बक्स अफिसमा अल टाइम ११० करोड १० लाख भारू कमाएको थियो।
राजकुमार गुप्ताले निर्देशन गरेको फिल्म 'रेड २' मा अजय देवगन, रितेश देशमुख, वाणी कपूर, सौरव शुक्ला, रजत कपूर, रवीना टन्डनलगायत कलाकारको अभिनय छ।
यो सन् २०१८ मा आएको फिल्म 'रेड' को सिक्वेल हो।