भारतको बम्बे उच्च अदालतले राजकुमार राव र वामिका गब्बीको फिल्म 'भूल चुक माफ' लाई ओटिटी रिलिजमा रोक लगाएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार पिविआर इनक्सले म्याडक फिल्म्सविरूद्ध ६० करोड भारूको उजुरी दर्ता गरेपछि यो निर्णय गरिएको हो।
यो फिल्म ९ मेमा सिनेमा घरमा रिलिज हुने भनिएको थियो। तर म्याडकले अन्तिम समयमा यसलाई रद्ध गरेर १६ मेमा अमेजन प्राइम भिडिओमा रिलिज गर्ने घोषणा गर्यो। यस निर्णयले पिविआरलाई निकै नोक्सान भयो। त्यसैले यो कानूनी प्रक्रियामा गयो।
८ मेमा म्याडक फिल्म्सले एक बयान जारी गर्दै पहलगाम आतंकी हमलाले भारत-पाकिस्तान तनावको कारण भूल चुक माफ सिनेमाघरको ठाउँमा ओटिटीमा रिलिज हुने बताइएको थियो। तर पिविआरले यो निर्णय खराब अग्रिम टिकट बुकिङको कारण लिइएको बताएको छ।
करण शर्मा निर्देशित फिल्ममा राजकुमार राव, वामिका गब्बी, सञ्जय मिश्रा, सीमा पाहवालगायत कलाकारको अभिनय छ।