बलिउड अभिनेता अक्षय कुमार र सैफ अली खान १७ वर्षपछि एकसाथ काम गर्दैछन्।
उनीहरूले सन् २००८ मा फिल्म 'टशन' मा एकसाथ काम गरेका थिए। अब उनीहरू प्रियदर्शनको फिल्ममा काम गर्ने तयारीमा छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो फिल्म एक्सन थ्रिलर हुनेछ। यस फिल्ममा सैफ अली खान हीरोको भूमिकामा देखिँदैछन् भने अक्षय कुमार भिलेनको भूमिकामा देखिँदैछन्।
यो मोहनलाल अभिनीत फिल्म 'ओप्पम' को रिमेक हुने बताइएको छ। सन् २०१६ मा रिलिज भएको फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।
यो फिल्म २०२६ मा प्रदर्शन हुनेछ।
अक्षय र सैफले ६ फिल्ममा एकसाथ काम गरेका छन्। उनीहरूले 'टशन, में खिलाडी तु अनाडी, ये दिलागी, आर्जू, तु चोर में सिपाही, खिमत' मा एकसाथ काम गरेका हुन्।