बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'केसरी २' ले बक्स अफिसमा सुखद कमाइ गरिएको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले पाँच दिनमा ३९ करोड भारू कमाएको छ। फिल्मले विश्वभरबाट ६४ करोड ४० लाख भारू कमाएको छ।
यो फिल्मले ९ करोड ५० लाख भारूमा ओपनिङ गरेको थियो। फिल्ममा पञ्जाबस्थित जलियांवाला बागमा सन् १९१९ मा १३ अप्रिल भएको हत्याकाण्ड देखाइएको छ।
यो फिल्मको बजेट १५० करोड भारू बताइएको छ।
करण सिंह त्यागी निर्देशित फिल्ममा अक्षयसँगै आर. माधवन, अनन्या पाण्डेलगायत कलाकारको अभिनय छ। फिल्ममा अक्षय कुमारले सर सि. शंकरन नायरको भूमिका निर्वाह गरेका छन्।
'केसरी' को सफलतापछि निर्माण टिमले यसको दोस्रो च्याप्टर बनाएका हुन्।