अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छिन्। उनले इन्स्टाग्राममार्फत केही तस्बिरहरू सार्वजनिक गर्दै आफ्नो इन्गेजमेन्टको जानकारी दिएकी हुन्। पोस्टमा उल्लेख गरे अनुसार उनले सोमबार इन्गेजमेन्ट गरेकी हुन्।
उनले आफ्नो इन्स्टाग्राम पोस्टमा प्रेमिल पोस्ट लेख्दै इन्गेजमेन्ट भएको घोषणा गरे पनि उनले हुनेवाला श्रीमानको नाम भने खुलाएकी छैनन्। सार्वजनिक तस्बिरहरूमा उनी निकै खुसी देखिएकी छिन्। उनको पोस्टमा थुप्रै सेलिब्रेटीहरूले बधाई दिएका छन्।
प्रियंका कार्की, श्वेता खड्का लगायतले उनलाई बधाई तथा शुभकामना दिएका छन्।
'ड्रिम्स' बाट बाट अभिनेत्रीका रूपमा उदाएकी साम्राज्ञीले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन्। उनी पछिल्लो समय फिल्म 'वर एण्ड बधू' मा देखिएकी थिइन्।