कर्णाली प्रदेशमै राजधानी वीरेन्द्रनगरमा पहिलोपटक घुम्ती साहित्यिक महोत्सव आयोजना गरिएको छ । सुर्खेतस्थित गैरसरकारी संस्था ‘तन्नेरी चासो’ र ‘हाम्रो पुस्तक पसल’को संयुक्त आयोजनामा एक दिने घुम्ती साहित्यिक महोत्सव सञ्चालन गरिएको हो ।
महोत्सवमा विभिन्न राष्ट्रिय स्तरका ख्याती प्राप्त लेखकहरुका पुस्तकहरुको समीक्षा गरिएको थियो ।
महोत्सवमा मदनकृष्ण श्रेष्ठको ‘महको म’, यज्ञशको ‘भुइयाँ’, युग पाठकको ‘माङ्गेना’, महेश विक्रम शाहको ‘छापामारको छोरो’ र सिवानीसिंह थारुको ‘काठमाण्डौँमा एक दिन’ पुस्तकमाथि समीक्षा गरिएको थियो ।