सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिलो ब्याटिङ गरेको छ।
काठमाडौं गुर्खाजले टस जितेर पहिले बलिङ रोजेपछि जनपुरले पहिले ब्याटिङ गर्न लागेको हो।
ब्याटिङमा आशिफ शेख र लाहिरू मिलन्था ब्याटिङमा छन्।
काठमाडौंको गुर्खाज्को प्लेइङ इलाभेनमा करण केसी, शाहब आलम, भीम सार्की रसिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्ड कुमार, जेरार्ड इरास्मस र जोन सिम्पसन छन्।
जनकपुर बोल्ट्समा लाहिरू मिलन्था, आशिफ शेख, अनिल साह, निकोल लोफ्टी-ईटन, लाहिरू समराकुन, सञ्जय कृष्णमूर्ति, किशोर महतो, मयन यादव, विकास आग्री, रूपेश सिंह र ललित राजवंशी छन्।
जनकपुर साविक विजेतासमेत हो।