कास्कीको लालीगुराँस एसोसिएसन क्लबले एन्फा प्रेसिडेन्ट लिगको उपाधि जितेको छ।
मंगलबार हेटौडाको गौरीटारमा भएको फाइनल भिडन्तमा काठमाडौंको चित्लाङ एफसीलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराउँदै उपाधि जितेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि नजिताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो।
प्रतियोगिताको विजेता लालीगुराँसले १० लाख पायो भने उपविजेता चित्लाङलाई ५ लाख रूपैयाँमा चित्त बुझायो। फेयर प्ले टोली र उत्कृष्ट खेलाडीले ५०-५० हजार पाउनेछन्। सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले २५-२५ हजार पाए। सहभागी १० टोलीलाई तयारी खर्च स्वरुप ७-७ लाख दिइएको थियो।
लालीगुराँस र चित्लाङसँगै सेमिफाइनल पुगेका नव जनजागृति युवा क्लब र काँक्रेबिहार युथ क्लब राष्ट्रिय लिगमा पुगेका छन्।
व्यक्तिगत पुरस्कारहरू – एन्फा अध्यक्ष लिग २०२५
उत्कृष्ट गोलरक्षक: अन्जल श्रेष्ठ (लालीगुराँस एसोसिएसन क्लब)
सर्वाधिक गोलकर्ता
आशिष गुरुङ (लालीगुराँस एसोसिएसन क्लब)
सुजन डङ्गोल (नवा जन जागृति युवा क्लब)
अनिश घर्ती क्षेत्री (काँक्रेबिहार क्लब)
उत्कृष्ट खेलाडी : शिशिर लेखी (चित्लाङ एफसी)
फेयर प्ले पुरस्कार: नवा जन जागृति युवा क्लब (सिमरा)