नेपालगन्जको भुजईगाउँस्थित केएल दुगड समूहको खाद्य गोदाममा भीषण आगलागी भएको छ।
दिउँसो करिब ४ बजे सुरु भएको आगलागीबाट स्वस्तिक सोयाबिन तेल र घिउको गोदाम जलेर नष्ट भएको छ।
आगलागी फैलदै गएपछि सँगै रहेको गोदाममा भन्डारण गरिएको धान र गहुँ पनि जलेर नष्ट भएको छ।
आगलागी नियन्त्रणमा लिन नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका साथै नेपाल नागरिक उड्यन प्राधिकरण नेपालगन्जको दमकलसहित एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।
आगलागी नियनत्रणका लागि बाँकेका प्रहरी उपरीक्षक टेक प्रसाद राईलगायत नेपाली सेना र शसस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरु परिचालन भएका थिए।
४ बजेबाट सुरु भएको आगलागी साझ साढे ७ बजे तिर नियन्त्रणमा आएको छ। आगालगीबाट गोदाममा भएका सामाग्रीहरू जोगाउन एक्साबेटरले गोदाम घरलाई तोडफोड गरिएको थियो।
आगलागी कसरी भयो र कति क्षति भयो भन्ने अझै यकिन भईनसकेको बाँकेका प्रहरी उपरीक्षक राईले सेतोपाटीलाई बताए।
https://www.youtube.com/watch?v=5qj5yFJ3XOk&feature=youtu.be