बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा सोमबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कोहलपुरबाट काठमाडौं जाँदै गरेको भे१३प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको क प्र ११४५ नम्बरको यात्रुबाहक बससँग अगैया बजारमा ठोक्किएका थिए।
सो दुर्घटनामा परी मोटरसाइकल चालक बर्दियाको गुलरिया नगरपालिका–६ बुद्धटोल बस्ने ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
ठक्करबाट गम्भीर घाइते कृष्णको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।
बस चालक र बस प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका आफन्तसँग सम्पर्क नभएकाले शव शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।