बोटलर्स नेपालले उत्कृष्ट वार्षिक प्रतिवेदनका आधारमा इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)को सम्मान पाएको छ।
बोटलर्स नेपाललाई बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्टको लागि रनरअप अवार्ड प्रदान गरिएको हो। आईक्यानद्धारा होटल सोल्टीमा आयोजित कार्यक्रममा अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बोटलर्स नेपाललाई सो अवार्ड प्रदान गरे। गत वर्ष बोटलर्स नेपालले दोस्रो रनर अप अवार्ड प्राप्त गरेको थियो।
सो अवसरमा बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले सम्पूर्ण सेवा र उत्पादनमा उच्च गुणस्तर कायम गर्नका लागि प्रतिबद्ध रहेको बताए। ‘पारदर्शिता र जिम्मेबारीताको लागि उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यास सुनिश्चित गर्दै हामी निरन्तर अघि बढ्नेछौँ’ उनले भने।