माओवादी केन्द्रबाट दमक नगरपालिको मेयरमा उम्मेद्वारी दिएका रेवतराज पुरी (गगन)को घर नजिकै मंगलबार बिहान बम फेला परेको छ। स्थानीयवासीले बिहानै पुरिको घर नजिकै संकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको दमक प्रहरीले जनाएको छ।
उक्त संकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारिसकेको दमक प्रहरीका डिएसपी राजन लिम्बुले सेतोपाटी बताए। प्रहरीका अनुसार सो वस्तु नक्कली बम हो।
यस्तै हिमालय माविको मतदान केन्द्रको प्रमुख द्वारमा पनि मंगलबार बिहानै बम फेला परेको थियो। सो बमलाई पनि नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ। सोमबार एकै दिन झापाका बिभिन्न ५ स्थानमा बम फेला परेपछि सर्वसाधरणमा आतंकित भएका थिए।
यसअघि विर्तामोडका दुई स्थानमा पूर्व-पश्चिम राजमार्गको बिरिङ पुल, घाग्रा खोलाको पुल र मेची यातायात व्यवस्थाको कार्यालय परिसरमा सोमबार बम फेला परेको थियो।