जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार साँझ ५ बजेदेखि स्थानीय तहको निर्वाचन सम्पन्न नहुँदासम्म मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ।
जिल्ला सुरक्षा समिति बाँकेको असार ८ गते सम्पन्न बैठकले जिल्लाका कुनै पनि सार्वजनिक स्थल, होटेल, रेस्टुरेन्टलगायत स्थानमा असार १० गते साँझ ५ बजेदेखि मतगणना नसकिएसम्म मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
स्थानिय तहको मतदान सम्पन्न भई मतगणनाको अन्तिम परिमाण नआउँदासम्मका लागि मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
त्यसै गरी निर्वाचन आचारसंहिता कडाइका साथ पालना गरी निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने वातावरण सृर्जना गर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ।